Websoft University

जथाभावी बैठक नराख्न अध्यक्ष तिमल्सिनाको निर्देशन


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिलाई जथाभावी बैठक नराख्न निर्देशन दिनुभएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उहाँले राष्ट्रिय सभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्न, अन्यथा नराख्न भनेर निर्देशन दिनुभएको हो । 

चारवटै समिति सभापतिहरुसँगको भेटमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले विधायन व्यवस्थापन समितिलाई बैठक राख्न दिने र अरु समिति केही समयका लागि बस्दै नबस्ने प्रस्ताव राख्नुभएकोथियो । तर, राष्ट्रियसभा अध्ययक्षको यो प्रस्ताव विभेदकारी रहेको भन्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी लगायतले विरोध गरेका थिए । 

त्यसपछि अध्यक्ष तिमल्सिनाले चारवटै समितिलाई अत्यावश्यक भए मात्रै बैठक राख्न निर्देशन दिएको जनाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.