Websoft University

महिलाहरु तरकारी बेचेरै आत्मनिर्भर बन्न थाले


 काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,चुलो चौकोमा सिमित हुने मुगुका महिलाहरु पछिल्लो समय तरकारी उत्पादन गरेरै जिविकोपार्जन गरिरहेका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ३ अन्तर्गत सदरमुकाम गमगढी बजारको शिरमा रहेको हेर्निकाँध गाउँका महिलाहरु तरकारी बेचेरै आत्मनिर्भर बन्न थालेका हुन् । 

उनीहरुले स्थानीय रैथाने बाली कोदो, मकै, जौ, लगायत बाली घटाएर तरकारी खेति गर्न थालेकाछन् । तरकारी लगाए पछि आम्नादी पनि राम्रो भएको स्थानीय सत्यरुपा कार्कीले जानकारी दिनुभयो । २०५० सालबाट तरकारी खेति गर्दै आएका उनिहरु, घर खर्च चलाउन सजिलो हुनुका साथै छोराछोरी लाई पठनपाठनमा उत्तिकै टेवा पुगेको बताउँछन् । 

कार्कीले तरकारी उत्पादनबाटै वार्षिक १ लाख जति रकम आम्दानि गर्दै आउनुभएको छ । अर्का किसान रामदेवी बुढाले पनि तरकारी खेति गर्नुभएको छ । तरकारी खेतिबाट मगन्य आम्दानी भईरहेको बुढाको भनाई छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.