Websoft University

आज देशभर मौसम बदलीभइ वर्षा हुने सम्भावना


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ । हाल देशका अधिकांश भूभागहरूमा समान्यदेखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरूका थोरै÷थोरै स्थानहरूमा हल्का बर्षा भईरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले निकाले बुलेटिनमा उल्लेख छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १÷२ स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.