Websoft University

भदौ १६ गतेबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने


काठमाण्डौ भाद्र ६ गते । रातो तारा डट कम,सरकारले पिसिआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा अर्थमन्त्री डा. युवराज खतिवडाले दैनिक ५ सय यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जानकारी दिनुभयो । उहाँले उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्ने र उनीहरुको ७२ घण्टाभित्र पिसिआर टेष्ट गर्दा कोरोना नभएको पुष्टि हुनुपर्ने बताउनुभयो । 

उडान सुचारु भएपछि काठमाडौं आउने नागरिकले ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने, पिसिआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टाइनमा राखिने र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्नेछ । मलेसिया, थाइल्याण्ड, हङकङ, अमेरिका, क्यानडा, चीन तथा यूरोपका विभिन्न मुलुकलाई पहिलो चरणमा खुला गर्ने तयारी भएको मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.