Websoft University

स्थानीयले निशुल्क दन्त उपचार पाए



काठमाण्डौ भाद्र ६ गते । रातो तारा डट कम,मुगुमा १९ जना स्थानीयले निशुल्क दन्त उपचार पाएका छन् । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाकोे स्वास्थ्य शाखा अन्तर्गत दन्त रोग भएका ११ जना जना महिला र आठ जना पुरुषलाई निशुल्क दन्त उपचार गरेको स्वास्थ्य शाखाले जनाएको हो । 

कार्यालयका अनुसार विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) ले विश्व नै आक्रान्त भएको अवस्थामा सरकारले निर्धारण गरेका मापदण्डलाई पालना गर्दै र भौतिक दुरी कायम राख्दै स्वास्थ्य शाखाले दाँतको समस्याबाट ग्रसित स्थानीयलाई सामुदायिक अस्पताल रिउस बगरमा निशुल्क दन्त शिविर राखेर सेवा दिएको जनस्वास्थ्य निरिक्षक बलिराज बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार दाँत सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट मुगुम कार्मारोगं गाउपालिका वडा नं ६ का पुअ र रिउस गाउँका १९ जना दन्त रोगीलाई निशुल्क उपचार गरेको बुढाले बताउनुभयो । जनस्वास्थ्य निरिक्षक बुढा र सामुदायिक स्वास्थ्य निरिक्षक राजबहादुर रोकायाको नेतृत्वमा रहेको टोलीले उक्त गाउँका स्थानीयलाई सेवा प्रदान गरेको हो ।

शिविरमा करिब १५ हजार बरावरको रकमबाट स्वास्थ्य सामग्रीको निशुल्क सेवा र दाँत गिजा, चेकजाँच, तथा परामर्श गरिएको छ । साथै गाउपालिकाका नौ वटै वडामा शिविर सञ्चालन गर्ने योजना रहेको स्वास्थ्य शाखा मुगुले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.