Websoft University

काठमाडौमा सवारी पास बन्द


काठमाण्डौ साउन ३० गते । रातो तारा डट कम,कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौबाट बाहिरिन तथा काठमाडौं भित्रिनका लागि सवारी पास बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौंबाट अन्य जिल्लामा जानका लागि दिइदै आएको पास र काठमाडौं भित्रिनका लागि दिइने पास पनि बन्द गरिएको जनाएको हो । अर्को व्यवस्था नभएसम्मका लागि पास वितरण बन्द गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमण बढेसँगै अन्तरजिल्ला प्रवेशमा कडाई गर्न गृह मन्त्रालयले सम्पूर्ण जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.