Websoft University

टमाटर नियामित खाने मानिसहरुले बिभिन्न औषधिय गुण प्राप्त गर्न सक्छन– १ नम्वर प्रदेशलाई धान्ने टमाटर कटहरीमै उत्पादन हुन्छ


तेजेन्द्र भण्डारी स्वतन्त्र पत्रकार,कृषि समचार, 
बिराटनगर साउन ३० गते । रातो तारा डट कम,बिराटनगरको नजिकै रहेको कटहरी गाउँपालिका वडा नम्वर–४ (नयाँबजार रंगेली रोड)आसपासका क्षेत्रमा कृषकले बढीमात्रमा टमाटरको खेती गरेको पाइन्छ । यस क्षेत्रका ५०० किसानले पाँच कठ्ठादेखि १० बिघा जग्गामा बिभिन्न खाले तरकारी खेती गर्ने गरेको भए पनि टमाटर बढी उत्पादन गर्ने गरेकोपाइएकोछ ।

टमाटरको खेती कटहरीमा मात्र होइन मोरङ लगाएत देशका हिमाली, पहाडी, तराइका सबै क्षेत्रमा यसको खेती सजिलै गर्न सकिन्छ । यो वर्ष भने चैत्र ११ गते देखि नोवेल कोरोना भाइरसको कारणले पटक पटक लकडाउन भइरहेकाले किसानले उत्पादन गरेको टमाटर यातायात सञ्चालन नहुँदा बिक्रीमा समस्या भयो भने टमाटर कृषकहरुको बारिमै कुहिएको पाइएको थियो ।

नेपाली कृषकहरुले यही उत्पादन गरेको टमाटरले एकातिर बजार पाइरहेका छैनन् भने कर्मचारीको मिलेमहत्वमा बिचौलियाहरुले बिषाधी युक्त तरकारी र टमाटर गाडीका गाडी भारतको जोगवनीबाट नेपाल तिर आयत गर्दा यहाँका कृषकहरुको मन कटक्क दुखेकोछ ।

प्रदेश नं १ को सबैभन्दा बढी टमाटर हुने उक्त क्षेत्रमा बजारको पहुँच अहिले नहुँदा किसानले उत्पादन गरेको टमाटर बोटमा लटरम्म देखिन्छ भने भुइँमा धरै मात्रामा झरिरहेको छ । यस क्षेत्रमा उत्पादन हुने हरियो तरकारी प्रदेशको आवश्यकता पूर्ति गर्न सक्षम भए पनि यहाँका कृषकहरुको अधिकार उत्पादनको बजार भारतिय टमाटरले ओगटेको भन्दै कृषकहरुले हामी संग गुनासो गरेका छन । 

सघीय र प्रदेश सरकारले मोरग तथा कटहरीका कृषकहरुको श्रमलाई चासो दिएको खण्डामा यहाँ उत्पादित हजारौं कुइन्टल टमाटरलगायतका अन्य तरकारी मोरङको विराटनगर, उर्लाबारी, सुनसरीको धरान, झापाको दमक, विर्तामोड, सिरहाको लहान, गोलबजार, चितवन, काठमाडौँ, पोखरा, बुटवल, नेपालगञ्ज,सम्म यहाबाटै टमाटर र तरकारीको आपुर्ति गर्न सकिने भएकाले अव भारतिय तरकारी वा टमाटर आयतमा सरकारलाइ पुरै रोक लगाउन किसानहरुले अनुरोध गर्दै छन  । 

टमाटर खादा मानव शरिरलाई के के फाईदा हुन्छ ः– 

हामीले खाने टमाटरको तरकारीबाट पश्रस्तै शरिरलाई चाहिने भिटामिनहरु पाइराखेको हुन्छौ । जस्तै,पोटासियाम,फोलेट,भिटामिन के, फाइवर,काब्रोहाईटेड शरिरलाई चाहिने पानी उपलब्ध हुन्छ । 

टमाटर नियामित खानाले यि रोग निको पार्न साहेक भुमिका खेलेको हुन्छ । 

जस्तै मुटु रोग, रगत सफा, ग्याष्टीक, प्रेसर, सरिरलाई पानीको आपुर्ति,अनुहारको चाउरी पन हटाउने, मानिसको छालालाई सफा पार्ने जस्ता कामहरु भित्र भित्रै मानिहरुले प्राप्त गरेका हुन्छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.