Websoft University

एक साताका लागि पुर्ण रुपमा बन्द


काठमाण्डौ साउन ३० गते । रातो तारा डट कम,तनहुँको देवघाट गाउँपालिकाका दुई जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका एक साताका लागि पूर्ण बन्द गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले आजदेखि गाउँपालिका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेकोहो । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका पूर्ण बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका ४३ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.