Websoft University

करेन्ट लागेर २ जनाको मृत्यु


बिराटनगर, भाद्र ११ गते । रातो तारा डट कम,पाँचथर र झापाका २ स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो साँढे ४ बजेको समयमा पाँचथरको याङवरक गाउँपालिका-४ बस्ने ४५ बर्षीय श्री प्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा  बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ । बुधवार अपरान्ह पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागी बि.एण्ड.सी. अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.