Websoft University

वडा अध्यक्षले खानेपानी योजनामा तोडफोड गरे


काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,अछाममा वडा अध्यक्षको नेतृत्वमा खानेपानीको मुहान तोडफोड भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष पूर्णबहादुर रावलको नेतृत्वमा हिजो नगरपालिकाको खानेपानी योजनाको मुहान पूर्ण रुपमा क्षती हुने गरि तोडफोड भएको हो । 

वडा नम्वर २ विनायक र वडा नम्वर ६ तोलीको सिमानामा पर्ने मुहानको पानीबाट सम्पूर्ण तोलीबासी लाभान्वित भइरहेका र आफूसँग कुनै सहकार्य नै नगरी योजनाको काम धमाधम भइरहेको भन्दै रावलले योजना तोडफोड गरेका हुन् । आफ्नै ठाउँमा निर्माणाधिन योजनाको बिषयमा कुनै जानकारी नभएको र यसरी सहकार्य विनै मनोमानी ढंगबाट पानी लिन खोजेको भन्दै अध्यक्ष रावलले आपत्ती जनाउनु भएकोछ । 

नगरपालिकाको आर्थिक बर्ष २०७६÷०७७ र २०७७÷०७८ को बिनियोजित बजेट मार्फत निर्माण भइरहेको खानेपानी योजना विवादित बनेपछि योजनाको निर्माण कार्य रोकिएको छ । पञ्चदेवल विनायक नगरपालिकाको खानेपानी योजनामा आफ्ना पार्टीका कार्यकर्ता उपभोक्ता समितिमा नसमेटिएको भन्दै अध्यक्षले यसरी तोडफोड गर्न निर्देशन दिएको योजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर कडायतको आरोप छ । 

नगपालिकाको बाघडोर सम्हालेका वडा अध्यक्ष जस्तो जिम्मेवार पदमा रहि नगरपालिकाकै योजनामा हस्तक्षप गरेको भन्दै समिति अध्यक्ष कडायतले आपत्ती जनाउनु भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.