Websoft University

१२ वटा गुम्बाको पुनःनिर्माण गर्ने काम सकियो


काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,२०७२ सालमा गएको बिनासकारी भुकम्पले सिन्धुलीका १८ वटा गुम्बा भत्काएकोमा १२ वटा गुम्बाको पुनःनिर्माण सकिएकोछ । बाँकी ६ वटा गुम्बा बनाउन अनिच्छुक, बिकट भुगोल, लकडाउन र स्थान फरक परेकाले पुननिर्माण हुन नसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले लकडाउनको बेलामा पनि नजिक हुनेले काम गरेर गुम्बाको पुनःनिर्माण सकेका र टाढा हुनेले ढूवानीको समस्याले काम गर्न नसकेको बताउनुभयो । 

उहाँका अनुसार १२ वटा गुम्बा ६५ लाख १६ हजार रुपैंया लागतमा बनेको छ । मरिण गाँउपालिका–५ स्थित उर्गेन पेमा छोलिङ गुम्बा एक लाख ८१ हजार ४८५ रुपैया, कमलामाई नगरपालिका–७ स्थित उर्गेन छोईलिङ गुम्बा दुई लाख ८८ हजार ३५२ रुपैया,कनपा–८ स्थित टासी घोले गुम्बा दुई लाख ८९ हजार ६६९ रुपैयाको लागतमा पुनःनिर्माण भएको कार्यालय प्रमुख विष्टले जानकारी दिनुभयो । त्यसैगरी, कनपा–७ स्थित ओरग्यान थरबोलिङ गुम्बा नौ लाख ५८ हजार ४९६ रुपैया, कनपा–६ स्थित शेरब होईसल लिङ गोन्पा (पेमा छोईलिङ गुम्बा) चार लाख ६३ हजार ५२६ रुपैया, कनपा–९ स्थित टासी छ्योलिङ गुम्बा चार लाख ८२ हजार १६४ रुपिया, कनपा–२ स्थित रिबोपोताला गुम्बा नौ लाख ६८ हजार २१ रुपैया र हरिहरपुरगढी गाउपालिका–१ स्थित दोर्जे छेवा गुम्बा चार लाख ८२ हजार ४९५ रुपैयाको लागतमा पुनःनिर्माण भएको छ । 

हरिहरपुरगढी गाउपालिका–७ स्थित देछेन गुम्बा नौ लाख ५८ हजार ६०४ रुपैया, घ्याङलेख गाँउपालिका–४ स्थित पेमा देछेन गुम्बा चार लाख ८१ हजार ९४० रुपैया, सुनकोसी गाँउपालिका–मझुवास्थित ङग्छयाङ शाक्य श्हाङपो झयाङतेर ञिङमा गुम्बा चार लाख ८१ हजार ९१८ रुपिया र दुधौली नगरपालिका –१४ स्थित टासी पेमाछ्योलिङ बौद्ध गुम्बा चार लाख ७९ हजार ३२३ को लागतमा निर्माण भएको कार्यालयले जनाएको छ । 

हरिहरपुरगढी गाँउपालिका–३ स्थित उग्र्यान छोईफेल साङछु गुम्बार, मरिण गाँउपालिका–३ स्थित ज्याङतेर पेमा गुम्बा, घ्याङलेख गाँउपालिका–४ स्थित टासी छोलिङ गुम्बा, हरिहरपुरगढी गाँउपालिका–५ स्थित समलिङ तीर्थ गुम्बा, दुधौली नगरपालिका–१३ स्थित उर्गेन छोपेमा छ्योलिङ गुम्बा र हरिहरपुरगढी गाँउपालिका–५ स्थित पेमा थर्पालिङ गुम्बा पुनःनिर्माणको सूचीमा परे पनि निर्माण नगरिएका गुम्बाहरु हुन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.