Websoft University

उदयपुर उद्योग वाणिज्य संघ कटारीले कटारी अस्पत्तालमा दरबन्दी अनुरुपको चिकित्सक माग गरे


गाइघाट ३१ साउन । रातो तारा डट कम,उदयपुर उद्योग वाणिज्य संघ कटारीले कटारी अस्पत्तालमा दरबन्दी अनुरुपको चिकित्सक माग गदै शुक्रवार कटारी नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ।  

दरबन्दीमा रहेका डाक्टरहरु पनि उपस्थित नभएकोले जनताले उपचार सेवा नपाइरहेको अबस्थामा नगरपालीकाको ध्यानकर्षण गराउनको लागी ज्ञापनपत्र बुझाएको संघका महासचिव जमानसिंह बस्नेतले बताए।  कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले बुद्धिजिवी, राजनीतिज्ञहरु सहित नगरबासी संगको अन्तरक्रिया र छलफल पछी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठसलाई ज्ञापन पत्र बुझाएको उनले बताए। 

त्यसैगरी संघले यस क्षेत्रबाट अन्यत्र उपचारमा जानेहरुका लागि उपचारमा पनि सहजिकरण गर्न माग गरेको छ ।  ज्ञापन पत्रमा कटारीमै कोरोना परिक्षण र आवश्यक आईसोलेशनको ब्यवस्था गर्न पनि माग गरीएको छ। बैंकहरु मार्पmत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हुने भीडका कारण जोखिम बढेकाले भत्ता घर घरमै वितरण गर्ने ब्यवस्था मीलाउन पनी ज्ञापनपत्रमा माग गरीएको छ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.