Websoft University

नेपालमा आज कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुग्यो


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम, पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १ सय २ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्मको पीसीआर जाँच पनि ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पिसिआर परिक्षण भएको छ । आजको नियमित जानकारीका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका ९८ जना रहेको जानकारी दिनुभयो । सरकारले मेडिकल कलेजहरुलाई छुट्टै आइसोलेसन कक्ष बनाएर कोभिड १९ का विरामीहरुको उपचार गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमितहरुका लागि वेड अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका मेडिकल कलेजहरुलाई स्वीकृत बेड संख्याको एक तिहाई वेड बराबर छुट्टै आइसोलेसन भवन वा कक्ष बनाउन भनेको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.