Websoft University

नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्ने गरी अभिलेख राख्न सरकारलाई समितिको निर्देशन


 काठमाण्डौ साउन २९ गते । रातो तारा डट कम,राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गर्ने व्यक्तिको पहिचान खुल्ने गरी अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ । हिजो गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतसँग छलफल गरेपछि समितिले भारतीय सिमानामा हुने आवतजावतमा कडाइ गर्न र नेपाल प्रवेश गर्नेको पहिचान खुल्ने गरी अभिलेख राख्न निर्देशन दिएको हो । नेपालसँग भारत र चीनको मात्र सीमा जोडिएको छ । हालसम्म ती देशबाट नेपाल प्रवेश गर्दा अभिलेख राख्ने प्रचलन छैन । पछिल्लो समय कोरोना महामारीका कारण नेपाल प्रवेश गर्न कडाइ गरिए पनि प्रवेश गर्नेहरुको पहिचान खुल्ने गरी व्यवस्थित अभिलेख राखिएको छैन । यसबारेमा अभिलेख राख्न निर्देशन दिईएको सभापति शशि श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट नेपाल प्रवेश गर्न १० वटा सीमा नाका तोकेको थियो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले छिमेकीको अतिक्रमणकारी नीतिका कारण सिमानामा समस्या देखिएको बताउनुभयो । नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.