Websoft University

विराटनगरमा ६० सहित प्रदेश १ मा १ सय १५ संक्रमित थपिए


विराटनगर, २९ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज १ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका  २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरका २२ महिला ३८ पुरुष, बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरान १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुष, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ ।
प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.