Websoft University

प्रदेश सांसद राजकुमार ओझाले आफ्नो क्षेत्रमा भएका विकास निर्माण कार्यको बारेमा गराए जानकारी


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङ क्षेत्र नम्बर ३ ख का सांसद राजकुमार ओझाले आफ्नो क्षेत्रमा भएका विकास निर्माण लगायत कार्यक्रमका बारेमा जानकारी गराएका छन् । सो क्षेत्रका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम, निर्वाचन क्षेत्र विशेष कार्यक्रमलगायत अन्य कार्यक्रमहरुमार्फत भएका विकास निर्माणका योजनाबारे उनले जानकारी गराएका हुन् ।

मंगलबार यस विषयमा पत्रकार सम्मेलन गरी सांसद ओझाले आ.व.०७४÷०७५ मा भौतिक पूर्वाधार विकास मन्त्रालय तथा उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय लगायत अन्य क्षेत्रबाट १४ ओटा शीर्षकमा १ करोड ५७ लाख बराबरको योजना सञ्चालन भएको जनाए ।

आर्थिक वर्ष ०७५÷०७६ मा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १५ ओटा योजना सञ्चालन भएका छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गत २३ ओटा र उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयबाट ७ ओटा, निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत १८ ओटा कार्यक्रम सञ्चालन भएका छन् । सो आर्थिक वर्षमा १५ करोड ९ लाख बराबरको कार्यक्रम सञ्चालन भएको बताइएको छ ।

यस्तै, आर्थिक वर्ष ०७६÷०७७ मा भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ४४ ओटा योजना सञ्चालन भएका
छन् । सामाजिक विकास मन्त्रालयबाट १७ ओटा, उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयबाट ४ ओटा र निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमतर्फ २६ शीर्षकमा ५२ करोड ४३ लाख २ हजार २५ रुपैयाँको बजेट खर्च भएको सांसद ओझाले बताए । जम्मा तीन आर्थिक वर्षमा ६९ करोड ९ लाख २ हजार २५ रुपैयाँको बजेट ल्याइएको उनले बताए ।

कार्यक्रममा बोल्दै सांसद ओझाले शुरुमा प्रदेश सरकारको संरचना नभएको बेला समेत छुट्टिएको विनियोजित बजेटमा सबैभन्दा धेरै बजेट ल्याएको बताए । सीमित स्रोत र साधनका बाबजुद असीमित आवश्यकतालाई पूरा गर्न, विभिन्न विद्यालयको भवन निर्माण, खोला तटबन्धन, ह्युम पाइप, मठमन्दिर, गुम्बा, खेलकुद लगायतका क्षेत्रमा बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

निर्वाचनका बेलामा गरेका घोषणामध्ये करीब ६० प्रतिशत काम सम्पन्न भइसकेको उनले बताए । बहुवर्षीय योजना अघिल्लो वर्ष नै सकिनुपर्ने भएता पनि सरकारको टेण्डर प्रक्रिया झण्झटिलो भएका कारण योजनाहरु पछाडि धकेलिँदा केही कामहरु सम्पन्न नभएको उनको भनाइ थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.