Websoft University

डा. गोविन्द केसी जगदुल्ला बिरामीको उपचार गर्दै,


काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,चिकित्सा शिक्षाका अभियान्ता डा. गोविन्द केसी सुदुरपश्चिम र कर्णालीका जिल्लामा निशुल्क हाडजोर्नी विशेषज्ञ स्वास्थ्य उपचार दिदै आउनुभएका डा.केसि डोल्पाको जगदुल्ला गाउपालिकाले उपचारमा रोक लगाए पछि हिमाली जिल्ला मुगुमा पुगि हिजो देखि जिल्ला अस्पताल ठिनि मुगुमा बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिरहनुभएको छ । डा.केसि जुम्लाको खलंगा बजारबाट हिँडेरै मुगु पुग्नुभएको हो । केसीले विशेष गरी हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गरी सेवा दिइरहनुभएको छ । केसीसँग स्वास्थ्य जाँच गर्न विभिन्न स्थानबाट मानिसहरू पुगेका छन् । निशुल्क सेवा दिन डा.केसि मुगु पुगे पछि हाडजोर्नीका विरामि लाई लक्षित गरि सार्वजानिक सुचना गरिएको जिल्ला अस्पताल ठिनि मुगुले जनाएको छ । डा. केसिले सुदुरपश्चिमका डडेल्धुरा, बझाङ, बाजुरा, बैतडी, दार्चुला, कर्णालीका कालिकोट, हुम्ला , जुम्ला हुदै मुगु पुगेर बिरामी जाँच गर्नुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.