Websoft University

अनलाइन बक्तित्वकला प्रतियोगितामा लेटाङकी गरिमा अधिकारी बिजयी


सौरव श्रेष्ठ पथरी मोरङ–साउन २४ गते । रातो तारा डट कम,पथरी  र पथरी शनिस्चरेबाट  संचालित गरीमा अनलाइन टेलिभिजनले सिल्भर इन्टरटेनमेन्टको सहकार्यमा आयोजना गरेको अनलाइन बक्तृत्वकला प्रतियोगिता २०२०, मा १४ जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै लेटाङ नगरपालिका ,मोरङकी गरिमा अधिकारी प्रथम हुन सफल भएकी छिन् ।   

जातीय विभेद र नेपाली समाज शिर्षकमा आफ्नो कुराहरु भिडियो रेकर्ड गरि पठाउनु पर्ने उक्त प्रतियोगितामा युट्युब भ्युअर्ससंगै निर्णायकहरुको पनि उत्तिकै मन जित्नुपर्ने प्रावधान रहेको थियो । करिब २ महिनाको अवधिमा मोरंग ,ताप्लेजुंग ,झापा ,सुनसरी ,खोटांग ,रामेछाप र बझाङ्गका १५ जना प्रतियोगीहरुले सहभागिता जनाएकोमा लेटाङकी गरिमा अधिकारीले प्रथम स्थान हासिल गर्दै  नगद रु १५,००० र प्रमाणपत्र प्राप्त गरिन भने दोस्रो स्थान प्राप्त गर्दै  ताप्लेजुङकी एलिना दियालीले रु १० हजार र प्रमाणपत्र प्राप्त गरिन ।

त्यस्तै स्पस्ट  वक्ताको  उपाधी संगै नगद रु ५ हजार र  प्रमाणपत्र रामेछापकी पवित्रा खड्काले, प्रखर वक्ताको  उपाधी संगै नगद रु ५ हजारर  प्रमाणपत्र मोरङ पथरीशनिश्चरेकी  सुप्रियाा खड्काले  र बेस्ट पब्लिक स्पिकरको उपाधी संगै रु ५ हजार र  प्रमाणपत्र बिराटनगरको अस्टिन कार्कीले प्राप्त गरे । यस कार्यक्रमको  निर्णायक मण्डलीमा  वरिष्ठ अधिबक्ता डा देउमान सम्बाहाम्फे, नेपाल जेसीज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर , पथरी बहुमुखी क्याम्पस प्रमुख चेतन पौडेल , मिस कस्मोपोलिटियन वर्ल्ड २०१९ प्रिया रानी लामा र  मोटिभेसनल स्पिकर सुरेश राई  रहेका थिए ।

कोरोना सन्क्रमण न्युनिकरण गर्न घरमा नै बसेका  युवा बर्गहरुले खाली समयलाई बौद्धिक कार्यमा सदुपयोग  गर्ने उत्प्रेरणा मिलोस भन्ने उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको र भविष्यमा पनि यस्तै किसिमको अन्य कार्यक्रमहरु गर्दै जाने आयोजक गरिमा अनलाईनका प्रबन्ध निर्देशक सुमन कुरुम्बाङ्गले बताउनुभयो । कोरोना सन्क्रमणको बर्तमान  अवस्थालाई मध्यानअजर गर्दै अनलाइन लाइभ द्वारा नै नतिजा सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.