Websoft University

प्रदेश १ मा ६१ संक्रमित थपिए


विराटनगर, २४ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् ।

मोरंगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला  १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.