Websoft University

आज भोली सुनसान छन् होटल हरु


काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,सरकारले होटल तथा रेष्टुरेण्ट खोल्ने निर्णय गरे अनुसार हिजो बाट पाल्पाका विभिन्न क्षेत्रका होटल खुलेका छन् । होटल व्यवसायिले लकडाउन पछि होटल खोलेपनी ग्राहक आएका छैनन् । आन्तरिक तथा बाह्य पर्यटक नआउँदा पर्यटनको कारणले राम्रो व्यवसाय गरिरहेका पाल्पाली होटल सुनसानछन् । सरकारले होटल खोल्न दिएपनी गाडि कम मात्रामा चल्दा आन्तरिक पर्यटकहरु पनी आएका छैनन् । कोरोना र कोरोना पछिको लकडाउन खुले पनी मुलुकको अर्थतन्त्र सहित सबै क्षेत्र प्रभावित हुन पुगेको छ । बजार उद्योग कलकारखाना उत्पादनदेखि रोजगारीका अवसरहरु समेत गुम्दा धेरैको रोजीरोटी गुम्न पुगेको छ । पाल्पा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष मोहन श्रेष्ठले बाह्य पर्यटक आउने वातावरण नै नभएको बताउनुभयो । “हिँड्ने, घुम्ने वातावरण नै छैन । नागरिकहरु कोरोना भाईरस संक्रमण बाट त्रसित छन् ।” उहाँले बताउनुभयो । कुनै बेला थामिनसक्नु पाहुनाको भीड अब सुनसान अवस्थामा पुगेपछि साना तथा मझौला व्यवसायीहरुलाई निकै अप्ठेरो भएको श्रेष्ठले बताउनुभयो ।  बैंकको चर्को ब्याजले साँवा त कहाँ हो कहाँ, ब्याज तिर्न नै कठिन भएको श्रेष्ठले बताउनुभयो । पाल्पामा आन्तरिक भन्दा पनी बाह्य पर्यटकहरुले होटल व्यवसाय धानिईरहेको हुँदा कोरोनाले होटल व्यवसायीहरु निकै मारमा परेको उहाँले बताउनुभयो । ग्राहक आएमा मास्क अनिवार्य गर्ने, सेनिटाइजरको प्रयोग गर्न लगाउने र खाना प्याकिङ गरी खुवाउने व्यवस्थासहित तयारी थालिएको उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.