Websoft University

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १९ लाख ६३ हजार २ सय ३९ पुगे,मृत्यु हुनेको संख्या ४० हजार नाघे



काठमाण्डौ साउन २२  गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घन्टामा ९ सय ४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ७ सय ३९ पुगेको छ । यस्तै भारतमा लगातार आठौं दिन कोरोना भाइरसका कारण ५० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १९ लाख ६३ हजार २ सय ३९ पुगेको छ । भारत विश्वकै तेस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक हो । यसैबीच, भारतीय काउन्सिल अफ मेडिकल रिसर्चले हालसम्म भारतमा २२ लाख १४ हजारभन्दा बढीको आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.