Websoft University

आगामी बर्षदेखि सबै स्कुल र कलेजमा फिल्म पढ्न पाउने


काठमाडौं ११ भाद्र। रातो तारा डट कम नेपाली फिल्मको इतिहास पाँच दशक भन्दा बढि पुरानो छ । यो कालखण्डमा नेपाली फिल्मले केही फड्को अवश्य मारेको छ । तर, जति परिवर्तन हुनुपर्ने हो त्यो भने हुन सकेको छैन । शुरुको दशकदेखि अहिलेसम्म आउँदा प्रविधिमा केही परिवर्तन देखिएको छ । फिल्मको कथा वाचन शैलीमा केही परिवर्तन आएको छ । नेपाली फिल्म हेर्ने संस्कार भने शुरुको दशकभन्दा अहिले कम हुदै गईरहेको छ । नेपाली फिल्म क्षेत्रमा अध्ययन गरेर भन्दा हेरेर, देखेर र सिकेर आएका फिल्मकर्मीहरु धेरै छन् । पछिल्लो समय नेपाली फिल्मकर्मीहरुको विवाद हेर्दा लाग्छ फिल्म क्षेत्र सबै भन्दा अबुझ क्षेत्र झै लाग्छ । 
फिल्म क्षेत्रमा कोही पनि फिल्मकर्मी सचेत हुनुपर्ने मानसिकताका छैनन् । त्यसको प्रमूख कारण फिल्म क्षेत्रले शुरुवाती दिनदेखि दिन नसकेको संस्कार र शिक्षा हो । यी कुराहरुमा परिवर्तन ल्याउन, आम मानिसमा नेपाली फिल्मको इतिहास र ज्ञान बढाउन चलचित्र विकास बोर्डले नयाँ योजना अघि सारेको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रुपमा आमन्त्रित गरेका छन् ।

समितिले कोरोना प्रभाव हट्ने बितिकै आगामी बर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य शुरु गरिनेछ । आगामी बर्षदेखि विद्यालय स्तरबाटै फिल्म वारे पढ्न पाईने विकास बोर्डको  जनाएको छ । निमावी तहदेखि कलेज र सबै क्याम्पसहरुमा फिल्म वारे शिक्षा शुचारु गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्नेछ । नेपाली फिल्मको संस्कर बढ्नेछ । फिल्मको इतिहास जिवित रहनेछ । प्रत्यक्ष अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्नेछ । अबका दिनमा व्यवसायिक शिक्षाहरु आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागिएको हो । शुरुमा विद्यालयस्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ । त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ । यसले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीलाई पहिलेदेखि नै लगाव राख्ने र तयारी गर्ने निश्चित रहन्छ, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव प्रसाद दाहालले बताए ।

विकास बोर्डका अनुसार स्कुल तहदेखि नै फिल्मको ईतिहास, साहित्यीक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकोले यसको पहल गरेको बताए । उनका अनुसार ढिलोचाँडो यसको शुरुवात हुदैछ । यो चलचित्र विकास बोर्डको लागि मात्र हैन, आम नेपालीहरुको लागि सुखद् पक्ष पनि हो । फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनको लागि पनि यो आवश्यक रहेको बोर्डले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.