Websoft University

विद्यार्थीलाई निशुल्क रेडियो वितरण


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ५ गतेदेखि बन्द देशका सबै विद्यालय बन्द भएका थिए । लकडाउन बन्दाबन्दीको समयमा विद्यालय बन्द भएपछि विद्यालयको औपचारिक पठन पाठनबाट विद्यार्थीहरु बञ्चित भएर घरमै बन्द अवस्था रहेका थिए । बन्दाबन्दीको अवस्थामा समेत विद्यालयको औपचारिक कक्षालाई निरन्तरता दिन गएको जेठ महिनादेखि जिल्लाको शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपालको आर्थिक सहयोगमा जिल्ला स्थित तीनवटै रेडियोबाट माध्यमिक तह ( कक्षा ८, ९ र १०) को रेडियो ट्युशन कक्षा शुरु भएको थियो । रेडियोबाट सञ्चालन भएको कक्षालाई गाउँगाउँमा भएका बाल क्लव तथा टोलका विद्यार्थीहरुलाई सामुहिक रुपमा पढाउनका लागि विद्यार्थीलाई निशुल्क रेडियो वितरण गरिएको छ । रेडियो कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गरेको आधार विकास नेपालको हुम्ला कार्यालयले आप्mनो कार्य क्षेत्रका विद्यार्थीहरुलाई उक्त रेडियो सेट वितरण गरेको संस्थाका शिक्षा संयोजक कञ्जोक लामाले जानकारी दिनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.