Websoft University

एसईईको नतिजा प्रकाशन गर्दा चहलपहल बढ्न सक्ने भएकाले ढिलो भएको हुन सक्छ ।


काठमाण्डौ साउन २३  गते । रातो तारा डट कम,राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न सक्ने आकलनसमेत गरिएको जनाइएको छ । सर्टिफिकेटमा कुनै त्रुटि नहोस् भनेर त्यसलाई दोहो¥याएर हेर्ने काम भइरहेको र बन्दाबन्दीले गर्दा त्रुटि सच्याउन तत्काल काठमाडौं आउन नसकिने तथा अहिलेसम्म विद्यालयसमेत खुल्ने वातावरण नबनेकोले नतिजा प्रकाशनमा ढिलाई हुने बोर्डका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताउनुभयो । यसपटक आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने गरिने तयारी भएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जनाएको थियो । विद्यार्थीले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने कामभइसकेकोछ । विद्यार्थीले प्राप्त अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भइसकेको र प्राविधिक त्रुटि पुनः परीक्षण भइरहेको जनाइएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.