Websoft University

कोरोना विशेष लघु चलचित्र मास्क चाँडै युट्युब मार्फत सार्वजनिक हुँदै

शिव भट्टराई,मोरङ साउन १७ गते । रातो तारा डट कम, नेपाली जनचेतनामुलक छोटो लघु चलचित्र मास्कको छायाकन सकिए सँगै अब चाँडै युट्युवमा सार्वजनिक हुने भएको छ। 
 ठूलो टिभि युट्युब च्यानल बाट केही दिनमा सार्वजनिक हुन लागेको यस लघु चलचित्र ‘मास्क‘ को सुनसरीका विभिन्न  स्थानमा छायांकन भएको छ। स्थानीय कलाकारहरु शिव भट्टराई भोजपुरे, मिलन ढकाल, भावना भट्टराई, सागर अधिकारी ,प्रशान्त घिमिरे, सुरज तिम्सिना ,ऋतु राई, बाल कलाकार सुरभि भट्टराई लगायतको अभिनय रहेको यस चलचित्रका कथा लेखन / निर्देशन होम पि भट्टराईले गरेका हुन्। 
 उनले यस अघि पनि उध्देश्य , उध्देश्य दुई , साईत बिग्रियो , खुरापाते काजि , कोहि भन्दा कोहि कम छैन,घृणा जस्ता विभिन्न चलचित्र उनकै कथा लेखन निर्देसनमा निर्माण भैसकेका छन् भने निर्देसक भट्टराईले ठुला पर्दाका चलचित्रहरु ड्रिम गर्ल , गोल , फेक फ्रेन्ड , जस्ता चलचित्रमा अभिनय गरिसकेका छन् ।

यस जनचेतनामुलक छोटो चलचित्र
‘ मास्क ' मा अहिले विश्व कोरोना भाइरसको कारणले आक्रान्त भइरहेको समयमा मास्कको महत्वको विषयमा चित्रण गरिऐको भट्टराईले बताएका छन्। यस चलचित्रका निर्माता सुमन भट्टराई रहेका छन् त्यसैगरी यस चलचित्रको छायांकन साथै सम्पादन विजय राईले गरेका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.