Websoft University

नेपालमा सङक्रमितको संख्या १७ हजार आठ सय ४४ पुगे–कोरोना बढे्को बढेहीछ सबै होसियार रहनु होला ।


काठमाण्डौ साउन ५ गते । रातो तारा डट कम,पछिल्लो २४ घण्टामा थप एक सय ८६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा चार हजार दुइ सय १६ नमुना परीक्षण गर्दा उनीहरूमा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

यससँगै कुल सङक्रमितको संख्या १७ हजार आठ सय ४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार आठ सय ६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र एक सय ७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै संक्रमित बारामा ४६ जना थपिएका छन् । 

यस्तै, डोटीका ४० जना, सर्लाहीका २३, सप्तरीका ९, कास्कीका आठ, रुकुम पूर्वका सात, दाङ र सुनसरीका ६–६ जनामा संक्रमण पुष्टि भएको छ । पर्सा, सोलुखुम्बु, रोल्पा र सुर्खेतका चार–चार जना, झापा र सल्यानका तीन–तीन जना, काठमाडौं, धनुषा, तनहुँ र दैलेखका दुइ–दुइ जना तथा इलाम, मोरङ, सिराहा, ललितपुर, लमजुङ, हुम्ला, कालीकोट र कैलालीमा एक–एक जना संक्रमित भएका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.