Websoft University

प्रदेश १ मा १२ संक्रमित थपिए


विराटनगर, ५ साउन । रातो तारा डट कम, प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल  र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ । 
प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ । 
प्रदेश १ मा आज ९ सय २८ जनाको कोरोना परिक्षण गरिएको छ । १ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परिक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.