Websoft University

नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १७ हजार ५ सय ३ पुगे


काठमाण्डौ साउन ३ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँले योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १७ हजार ५ सय ३ पुगेको पनि उहाँले जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा १ सय ३ जना कोरोना सङ्क्रमित स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएको भन्दै नेपालमा हालसम्म कोरोना सङ्क्रमित निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको पनि बताउनुभयोे । यस्तै पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ३१ पिसिआर विधिबाट नमूना परीक्षण गरिएको छ भने ५ हजार ८ सय २५ जना आइसोलेशनमा रहेका छन् । यस्तै २३ हजार २ सय ४५ जना क्वारेन्टाइनमा रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.