Websoft University

मोवाईल तथा गरगहना चोरी गर्ने २ जना पक्राउ


बिराटनगर साउन ३ गते । रातो तारा डट कम,.मोरङ उर्लाबारी न.पा.वडा नं. ३ मंगलबारेटोल बस्ने अम्बिका प्रसाद रिजालको घरकोठाबाट मोवायल लगाएत सुन तथा चाँदीका गरगहना,काँसे थाल तथा लत्ता कपडाहरु समेत चोरी भएको भन्ने सुचना पाउन साथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्र.नि.को कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा खटि गई घटनास्थल मुचुल्का गर्ने कार्य सम्पन्न गरी चोरी गर्ने मानिसहरुलाई खोज तलास गर्ने क्रममा चोरी गर्ने मानिसहरु ऐ.मोरङ उर्लाबारी न.पा.वडा नं. ३ सालबारी बस्ने अं.बर्ष १८ को सुनिल उराउलाई मिति २०७७।०४।०१ गते पक्राउ गरी निजको घरकोठा खान तलासी गर्दा चोरी भएका सामानहरु मध्ये OPPO मोवायल थान १, SAMSUNG मोबायल थान १, चाँदीको पाउजु १ जोर फेला पारि बरामद गरीएको र उक्त चोरी कार्यमा सुनिल उराउको बाबु अं.बर्ष ५५ को मुगु उराउ समेतको संलग्नता रहेको खुल्न आएको हुँदा निज मुगु उराउ समेतलाई सोही दिन पक्राउ गरी पक्राउ गरी थप अनुसन्धान भई रहेको । उक्त घट्नामा र ऐ.ऐ. ३ सनिबारे हटिया लाईन बस्ने अं. बर्ष २१ को वाँया चौधरी समेत रहेको खुलेको र
हाल निज बाँया चौधरी फरार रहेकोले खोजतलास भईरहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.