Websoft University

उत्तरी मोरङका ६ पालिकाले सुयुक्त रुपमा तिन ठुला योजना भित्रयाउदै,


बेलबारी मोरङ साउन ३ गते । रातो तारा डट कम, उत्तरी मोरङका ६ वटा पालिकाहरुले सयुत्तरुपमा फाहोर मैला ब्यबस्थापन,सोलार प्यानलबाट (सौर्य ) उर्जा निकाल्ने तथा दमकल ब्यबस्थापन गर्न अगाडि बढेकाछन ।
 मोरङको बेलबारी,सुन्दरहरैचा,लेटाङ नगरपालिका कानेपोखरी र केरावारी गाँउपालिकाले गौरवको आयोजनाका रुपमा तिन वटा योजनालाई अगाडि बढाइरहेका छन ।

 लिभ्रा टेक्नोलोजि कम्पनि सँगको सहकार्यमा फोहोर वाट मोहोर बनाउने, सोलार सौर्यबाट बिधुत उत्पादन गर्ने तथा दमकलको ब्यबस्थापन सयुक्तरुपमा गर्ने गरी अगाडि वढिएको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । यि योजनाहरु भित्रिए सगै स्थानियतहरुले ठुलो परिवर्तन आउने विश्वास गरीएको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिब प्रसाद ढकाल,लेटाङ नगरपालिकाका प्रमुख शकर राई, पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार, राई,केरावारी गाउपालिकाका प्रमुख रोहित बहादुर कार्की, कानेपोखरी गाँउपालिकाका अध्यक्ष तारा बहादुर काफ्ले तथा उदयपुरको लिभ्रा टेक्नोलोजि कम्पनिका श्याम राज पान्डे, र सुदिप कुमार चौधरी सहितको टोलिको सक्रियतामा ठुला योजनाहरु ल्याउन लागिएको हो ।

अन्तरपालिका साझा सरोकार मंचका मोरङका संयोजक समेत रहनु भएका बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको पहलमा योजनाहरु भित्रिएका हुन । उक्त योजनाहरु भित्राउनका उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेब चौधरीले सहजिकरण गर्नु भएको थियो ।

लामो सयम सम्म फोहोर मैला ब्यबस्थापनमा समस्या देखीएपछि सुयुक्त रुपमा फोहोर मैलालाई ब्यबस्थापन गर्ने गरी ६ स्थानियतहरु जुटिरहेका छन । यस्तै सोलार प्यानलको प्रयोग वाट आफनै पालिकामा सौर्य उर्जा उत्पादन गर्ने गरी समेत नगरपालिका तथा गाँउपालिकाहरु अगाडि बढेका हुन ।  ६ वटै पालिकाले सयुक्त रुपमा दमकलको समेत ब्यबस्थापन गर्ने भएका छन ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.