Websoft University

मन्त्री घिमिरेद्धारा योजनाको साप्ताहिक अनुगमन


विराटनगर, ३ साउन । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन अगाडी बढाउनु भएको छ । हरेक साताको शनिबार उहाँले मोरंग निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गरिरहनु भएको छ । मन्त्री घिमिरेले योजनासँगै स्थानीयबासीसँग छलफल पनि गर्ने गर्नुभएको छ ।

मन्त्री घिमिरेले योजनासँगै स्थानीयबासीका गुनासा, योजना निर्माणपछिका  फाईदा, आगामी दिनमा गर्नुपर्ने कामका लागि सुझाव पनि लिने गर्नुभएको छ । मन्त्री घिमिरेले आज निर्वाचन क्षेत्र नं. ४ (ख) अन्र्तगतको विराटनगर–२ मा निर्माण भईरहेका र निर्माण सम्पन्न भएका योजनाहरुको अनुगमन गर्नुभएको छ । विराटनगर २ मा आर्थिक वर्ष २०७६÷०७७ मा निर्वाचन क्षेत्रगत रुपमा १ करोड १८ लाखका योजना तथा कार्यक्रम समेटिएको थियो ।

विराटनगर २ को वडा कार्यालयबाट सोमबारे हाट जाने र मुनाल चौक पूर्वको नाला तथा ग्राभेलका लागि ५० लाख, विराटनगर हनुमान मन्दिर पार्क निर्माणका लागि १५ लाख, ओशो ध्यान केन्द्रदेखि उत्तर सुकुम्वासी टोलको सडक निर्माणका लागि १० लाख, सनातन धर्म सेवा समाज सोमबार सामुदायिक भवन निर्माणका लागि १० लाख, एप्लाईड कलेज जाने सडकको नाला निर्माणका लागि १० लाख, छठिमाता मन्दिरका लागि १० विनियोजन गरिएको थियो ।

सांसद विकास कोष मार्फत गत आर्थिक वर्षमा विराट सामुदायिक विकास केन्द्रका लागि ५० हजार, महेन्द्र रात्री माविमा खानेपानी निर्माणका लागि ५ लाख, शंकरपुर आधारभुत विद्यालयमा सूचना प्रविधि कार्यक्रमका लागि २ लाख ५० हजार निनियोजन गरिएको थियो । मन्त्री घिमिरेसँगै स्थानीयबासी उपभोक्ता समितिहरुले सडक, भवन लगायतका योजनाहरुको अनुगमन गर्नुभएको सचिवालयले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.