Websoft University

अदालतहरुमा मुद्धा वर्गीकरण पद्धति सुरु



काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतमा आउने मुद्धालाई यसका प्रकृतिको आधारमा बर्गीकरण गर्ने पद्धति सुरु गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्टारलगायतले देशैभरका उच्च अदालत तथा जिल्ला अदालतमा भर्चुअल माध्यमबाट मुद्धाको फरक व्यवस्थापन पद्धतिको सुभारम्भ गर्नुभएको हो । 

कार्यतालिकाअनुसार नै न्याय सम्पादन गरिने भएकाले यो पद्दतिले मुद्धा कहिले निरुपण हुन्छ भनी अनुमान गर्न सकिने पनि सर्वोच्चले बताएको छ । यो पद्धति जिल्ला अदालतमा आजदेखि र उच्च अदालतमा भोलिदेखि लागू हुनेछ । प्रधानन्यायाधीश जबराले न्यायमा सबैको सहज पहुँचको सुनिश्चितता र अदालतप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले यो पद्धति लागु गरिएको बताउनुभयो । 

अदालतसमक्ष आउने विवादको प्रकृति, विषयवस्तुको गाम्भीर्य, कारबाहीमा लाग्ने समयका आधारमा मुद्दा फरक–फरक प्रकृतिका हुने भएकाले त्यसलाई बर्गीकरण गर्न मुद्धा व्यवस्थापन पद्धति आवश्यक परेको उहाँको भनाइ छ । 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले मुद्दाको फरक व्यवस्थापन पद्धतिको कार्यान्वयनले न्यायिक प्रक्रियालाई सहभागितामूलक र पारदर्शी बनाउनुका साथै न्याय सम्पादन छिटोछरितो र गुणस्तरीय बनाउने बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.