Websoft University

भूकम्प पीडितले तेश्रो किस्ता वापतको अनुदान पाए



काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,खोटाङका ६ हजार भन्दा बढि भूकम्प पीडित परिवारले तेश्रो किस्ता वापतको अनुदान पाएका छन् । आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्तसम्ममा ६ हजार ९ सय ७८ परिवारले निजी आवास अनुदान वापत तेश्रो किस्ता लिएका हुन् । पुननिर्माण तर्फ ८ हजार ४ सय ६६ घर र प्रवलीकरण तर्फ ३ सय ६१ लाभग्राही रहेको जिल्लामा हालसम्म ७ हजार ८ सय ७७ परिवारले दोश्रो किस्ता र ८ हजार ३ सय ३२ परिवारले पहिलो किस्ता बुझेको  राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई कार्यालय खोटाङले जनाएको छ । यस्तै, प्रवलीकरणतर्फका लाभग्राहीमध्य २ सय ३३ परिवारले पहिलो किस्ता वापतको अनुदान पाइसकेका छन् भने आर्थिक वर्ष २०७६÷०७७ मा निजी आवास अनुदान वापत ५४ करोड ६७ लाख ५० हजार अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.