Websoft University

७६ प्रतिशत रोपाँइ सकियो



काठमाण्डौ साउन २ गते । रातो तारा डट कम,खोटाङमा हालसम्म ७६ प्रतिशत रोपाँइ भएको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १२ हजार ८ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाँइ हुँदै आएकामा आइतबारसम्म ७६ प्रतिशत क्षेत्रफलमा रोपाँइ सकिएको हो । यसवर्ष बेलैदेखि पर्याप्त वर्षात् भएका कारण छिट्टै रोपाँइ भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले बताउनुभयो । बेंसी क्षेत्रमा लगाइएको चैते धान र मकै भित्राउन बाँकी भएकाले रोपाँई हुन बाँकी छ । चैते धान र मकै भित्राएपछि बेँसी क्षेत्रमा रोपाँइ हुने ज्ञान केन्द्रका प्रमुख राईको भनाइ छ । जिल्लामा कुल १४ हजार १ सय ५९ हेक्टर खेत भए पनि १२ हजार ८ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.