Websoft University

३० मजदुरलाई खाध्यान्न वितरण


विराटनगर, १ साउन । लकडाउन प्रभावित यातायात मजदुरलाई आज राहत वितरण गरिएको छ । करिब ४ दशक यातायात मजदुरको रुपमा जीवन यापन गर्नुभएको स्वर्गीय नारायण लामाको जन्मजयन्तीका अवसरमा उहाँँका छोरा किरण लामाले तुलसी बहुमुखी सहकारी संस्थाको सहयोगमा लकडाउनको मारमा परेका विराटनगर ट्याक्सी स्ट्याण्डका ३० जना यातायात मजदुरहरुलाई खाधान्न राहत स्वरुप वितरण गरिएकोहो ।
यातायात मजदुरका प्रति परिवारलाई  २० केजी चामल, २ लिटर तेल र ३ केजीका दरले दाल वितरण गरिएको छ ।  राहत वितरण कार्यक्रममा विराट बुद्ध स्पोर्टिङ क्लव विराटनगरका अध्यक्ष रोहित कोइराला, सहयोगी संस्थाका प्रतिनिधि साग गेमका स्वर्ण पदक विजेता राम लिम्बू, मजदुर नेता मनोजसिंह राई , राष्ट्रिय युवा संघ नेपाल मोरगंका नेता किरण लामा लगायतको उपस्थिति रहेको थियो । 

लकडाउनले गर्दा समस्या परेका मजदुरहरूलाई राहत स्वरूप सहयोग प्रदान गरेको विराट बुद्ध स्पोर्टिङ्ग क्लवका अध्यक्ष कोइरालाले वताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.