Websoft University

भरुवा वन्दुकको गोली लागेर एक जनाको मृत्युु


गाइघाट १० साउन । रातो तारा डट कम,आफैले चलाएको भरुवा वन्दुकको गोली लागेर उदयपुरको पहाडी भेग जातेमा शुक्रवार राती एक जनाको मृत्यु भएको छ। जिल्लाको लिमचुङवुङ गाउपालिका वडा न. ५ जातेका ६० वर्षिय विध्याराज राइको गोली लागेर मृत्यु भएको प्रहरी जनाएको छ। राइले आत्माहत्या गरेको हुन सक्ने सोही वडाका वडा अध्यक्ष केशर कुमार खड्काले वताए। राती झण्डै ८ बजेको समयमा राइको घरमा गोली चलेको आवाज सुनेपछी स्थानिय गाउले भेला भएका थिए। घरको आगनमा वन्दुकको गोली लागेर राइ मृत अवस्थामा भेटिएको खड्काले वताए। घरमा कोही नभएको वेला राइले आफैले गोली हानी आत्माहत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनाको जानकारी पाए लगतै प्रहरी टोलीलाइ घटना स्थल पठाइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख एसपी भिम दाहालले वताए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.