Websoft University

मुलुकभरका झण्डै १४ लाख परिवारलाइ आयोगले जग्गा वितरण गर्ने


गाइघाट १० साउन । रातो तारा डट कम,भुमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष देवी ज्ञवालीले मुलुकभरका झण्डै १४ लाख परिवारलाइ जग्गा वितरण गर्नेगरी आयोगले काम शुरु गरेको बताएका छन। अध्यक्ष ज्ञवालीले शनिबार गाइघाटमा आयोजित एक कार्यक्रममा अबको ३ बर्ष भित्रमै भुमिहिन,सुकुमबासी र अवस्थित वसोबास लाइ ब्यवस्थीत गर्ने गरी कामको थलनी गरिएको वताए।“अब यो समस्या सधैको लागी अन्त्य हुन्छ। त्यसको लागी हामीले ठोस कार्य योजना बनाएर काम शुरु गरीसकेका छौ”। ज्ञवालीले भने । उनले मुलुकभर भुमिहिन दलीत परिवारको सङख्या २ लाख ३२ हजार,सुकुम्वाुसी परिवार ३ लाख ३७ र अब्यवस्थित वसोवास गर्नेको सङख्या ७ लाख ६५ हजार रहेको वताए। यती धेरै सङख्यामा रहेको भुमिहिन,सकुम्वासी र अब्यवस्थित वसोवास गर्ने परिवारलाइ कानुनी आधारमा ब्यवस्थित ढंगले जग्गा उपलब्ध गराएर सदाको लागी यो समस्या निराकरण गरिने उनले वताए।“यो समस्या निकै जटिल र चुनौतीपुर्ण रहेपनी मैले यो काम जसरी भएपनी फत्ते गर्ने संकल्प लिएको छु।”उनले भने

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.