Websoft University

नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने दर बढ्यो – सरकारले नेपाल भारत बोर्डर पुरै बन्द गर्नु पर्यो


काठमाण्डौ साउन १० गते । रातो तारा डट कम,नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा १ सय ६ जना कोरोना सङ्क्रमण मुक्त भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यो सँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १३ हजार ५३ पुगेको बताउनुभयो । यस्तै पछिल्लो २४ घन्टामा विभिन्न २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पनि उहाँले जानकारी दिनुभयो । डा.गौतमले १ सय ९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको जानकारी गराउनुभयो । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.