Websoft University

प्रदेश १ मा १० जना संक्रमित थपिए


विराटनगर, १० साउन । रातो तारा डट कम, प्रदेश १ मा आज १० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५, सुनसरीमा २, झापा, ते¥हथुम र खोटाङमा १–१ जनामा संक्रमण देखिएको छ । 

मोरंगको विराटनगरका २ महिला १ पुरुष, पथरीशनिश्चरेका २ पुरुष, सुनसरीको इनरुवामा २ पुरुष, झापाको मेचीनगरमा १ महिला, खोटाङको दिक्तेलमा र ते¥हथुममा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज कोरोना संक्रमितको संख्या ८ सय ९१ पुगेको छ । 

प्रदेश १ मा आज ४ सय ४१ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३९ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.