Websoft University

प्रगति महिला समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन ।
प्रगति महिला समाजको आयोजनामा लकडाउनका कारण रक्तदान कार्यक्रमहरु कम भई रहेको तर्फ मध्यनजर गर्दै अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुलाई आवश्यक पर्ने रगत अभाव नहोस भनेर रक्तदान कार्यक्रम गरिएको हो ।
आयोजक संस्थाकी अध्यक्ष पावर्ती गच्छदारको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको रक्तदान कार्यक्रममा ३६ जना महिला ,पुरुषले रक्तदान गरेका हुन ।  रक्तदान कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रको प्राविधि सहयोग रहेको थियो । वडा नम्बर ४ कार्यालय परिषरमा आयोजना गरिएको रक्तदान कार्यक्रम पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा. विपेश आचार्य , सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुंगाना , वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.