Websoft University

प्रदेश १ बाट २१ जना डिस्चार्ज


विराटनगर, १९ असार । रातो तारा डट कम प्रदेश १ बाट आज २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन । आज डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् ।

मोरंगबाट १२, सुनसरीबाट ५ र उदयपुरबाट ४ जना डिस्चार्ज भएका हुन । विराटनगरबाट डिस्चार्ज हुनेमा ३ वर्षका बालक देखि ४८ वर्ष सम्मका रहेको  कोभिड १९ उपचार केन्द्र विराटनगर अस्पताल व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु जेठ २७ देखि असार १२ गते सम्म भर्ना भएकाहरु हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय २१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ६ सय ५३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.