Websoft University

नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण् भएकोा पुष्टि


काठमाण्डौ असार १९ गते । रातो तारा डट कम, पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको  हो । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यसैगरी क्वारेन्टाइनमा भने आज सम्म ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना सङ्क्रमितहरु उपचाररत छन् । पछिल्लो २४ घण्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.