Websoft University

सडक भासिने क्रम बढ्यो


काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,राजधानी जोड्ने अरनिको राजमार्गमा पर्ने कोठे–बलेफी खण्डको कोठेभीरमा सडक दुई सय मिटर भास्सिएको छ । भीरमा वर्षौंदेखि एकतर्फी मात्रै ट्रयाक थियो । त्यही ट्रयाक पनि नदीले कटान गरेपछि भास्सिएको हो । 

यस्तै, बाह्रबिसेनजिकै महभीरमा पनि नदीले सडक कटान गरेको छ । केही दिनदेखि सो खण्डमा दैनिक रुपमा सडक भासिन थालेको थियो । त्यस्तै, जुरे पहिरो भएको क्षेत्रमा पनि सडकलाई सुनकोसी नदीले कटान गरेको छ भने माथिबाट लेदोले सडक ढाकेको छ ।  सडक जोगाउन नदीबाट लगाउनुपर्ने मेसिनरी वाल, प्लम्ब ढलान, जाली गा¥होजस्ता संरचना गुणस्तरहीन भएपछि नदीले सडक कटान गर्ने र भासिँदै जाने क्रम देखिएको हो  । 

सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख विजयकुमार महतोले नदीमा बाढी आएपछि सडक कटान गर्ने र भासिने गरेको बताउनुभयो । माथिबाट पहिरो, माटोको लेदो र ढुंगा आउँदा सडक अवरुद्ध हुँदै आएको उहाँको भनाइ छ । राजमार्ग अवरुद्ध हुन नदिन चौबिसै घण्टा डोजर तैनाथ गरेर काम गर्दै आएको पनि उहाँले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.