Websoft University

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि भारतीयले गरे आक्रमण - सशस्त्रलाई बोर्डरमा गोली चलाउन आदेश सरकारले दिनुपर्छ

रौतहट । रातो तारा डट कम, नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो ।

परोहा–९ स्थित नरकटिया नाकाबाट नेपाल छिर्न नदिएको भन्दै भारतीयहरुले सशस्त्र टोलीमाथि आक्रमण गरेको हो । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए । पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । त्यसपछि आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।
आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । घटनापछि सीमा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।

‘झन्डै २ सयको हाराहारीमा जम्मा भएका भारतीयहरु निकै आक्रामक शैलीमा प्रस्तुत भएर हतियारसमेत खोस्ने प्रयासमा लागे,’ एसपी कर्णजितले भने, ‘कोरोना संक्रमणका कारण सीमामा आवतजावत नगर्न अनुरोध गर्दा उल्टै हतियार खोस्ने र आक्रमण प्रयास गरे ।’

घटनामा संलग्न भारतीय नागरिक रवीन्द्रप्रसाद कुसवाहालाई सशस्त्रले नियन्त्रणमा लिई नेपाल प्रहरीको नरकटिया चौकीमा जिम्मा लगाएको थियो । नेपाल प्रहरीले रवीन्द्रलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ७१औं बटालियन ‘ए’ कम्पनीका इन्सपेक्टर अजयकुमारलाई राति ११ बजे जिम्मा लगाइएको थियो ।

यसैबीच सशस्त्र प्रहरी प्रदेश २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले घटनास्थलको अनुगमन गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.