Websoft University

करदाताको संख्या बढ्यो



काठमाण्डौ साउन ११ गते । रातो तारा डट कम,कपिलवस्तुमा एक वर्षको अवधिमा करदाताको संख्या बढेको
छ । जिल्लाको कृष्णनगरमा रहेको आन्तरिक राजस्व कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा व्यक्तिगत बाहेक ४ हजार १ सय ७३ जना करदाता बढेको जनाएको छ । 

एक वर्षको अवधिमा आयकर तर्फ ४ हजार १ सय ७३, मुल्य अभिवृद्धि कर तर्फ १ हजार ४ सय ७७ र अन्तशुल्क तर्फ ६ सय ८ करदाता बढेको कार्यालय प्रमुख पुर्ण न्यौपानेले बताउनुभयो । कपिलवस्तु र अर्घाखाँची जिल्ला कार्यक्षेत्र रहेको कार्यालयमा अहिले सम्म जम्मा आयकर तर्फ २५ हजार ६ सय २६, मुल्य अभिवृद्धि कर तर्फ ३ हजार ९ सय १८, अन्तः शुल्कतर्फ २ हजार ५ सय ७ करदाता रहेको कर अधिकृत गेहेन्द्र प्रसाद गिरीले बताउनुभयो । 

त्यस्तै गत वर्ष मात्र ८ हजार ४ सय ६९ जनाले व्यक्तिगत पान लिएका छन् । कुल व्यक्तिगत पान लिनेको सख्या २१ हजार ३ सय १३ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.