Websoft University

भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार


काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम,भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोली बाट यातायात सञ्चालन गर्न तयार भएका हुन् । 

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोली बाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो । 

कोभिड–१९ सङ्क्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गर्नुभयो । हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौं उपत्यकाको हकमा भने यो लागू नहुने बताएको छ । 

उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.