Websoft University

कोभिड १९,संक्रमित हुनेको संख्या लगातार बड्दै,


काठमाण्डौ साउन ४ गते । रातो तारा डट कम, विश्वरभरमा कोरोना भाइरसका कारण दैनिक संक्रमित हुनेको संख्या लगातार बढ्दो क्रममा छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै दुई लाख ६० हजार मानिसमा संक्रमण पुष्टि भएको छ । डब्लुएचओका अनुसार शनिबार विश्वभर दुई लाख ५९ हजार ८४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि शुक्रबार (जुलाई १७) मा विश्वभर दुई लाख ३७ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । एकै दिन दुई लाख ५० हजार भन्दा धेरै व्यक्तिमा संक्रमण भएको यो पहिलो पटक रहेको डब्लुएचओले जनाएको छ । सबैभन्दा धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा थपिएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.