Websoft University

नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेरको म्युजिक भिडियो सार्वजनिक


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम,संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले,अस्मिता अधिकारी,बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत मैले बोलेको छैन ढाँटेर।।।को म्युजिक भिडियो सार्वजनिक गरीएको छ । नेपालका चार युवा गायन स्टारहरुद्धारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आईतबार  रिलिज गरीएको हो ।  

नेपसिनेमाको प्रस्तुतीमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरीएको हो । चर्चीत संगीतकार अर्जुन पोखरेलद्धारा लिखित तथा संगीतबद्ध रहेको गीतमा चर्चित गायक कृष्ण काफले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको गायन तथा अभिनय रहेको छ । काफ्लेले यस अघि धेरै सुपरहिट गीतहरुमा स्वर दिईसकेकाछन्, भने लामा नेपाल आईडलका बिजेता समेत हुन्, । यस्तै अधिकारी पनि नेपाल आडलबाटै उदाएकी गायिका हुन । उनले यसअघि केही हिट गीतहरुमा स्वर दिईसकेकी छिन्, । 

युवट्युवबाट चर्चित बनेकी गायिका समिक्षा अधिकारीको पनि गीतमा दमदार स्वर तथा अभिनय रहेको छ । गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन्, । पत्रकारीताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धी अध्ययन गरेका थिए । उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरीसकेका छन्, । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए । गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ । 

लक डाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ । गायक गायिकाहरु आफैले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरीएको छ । भिडियोेलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको  भिडियोले केही सकरात्मक सन्देश समेत प्रवाह गरेको छ । 

गीतलाई संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ । यो गीत र भिडियोले नयाँ रेकर्ड कायम गर्नेमा आफु विश्वस्त रहेको संगीतकार पोखरेलले बताएकाछन्, भने भिडियोलाई नयाँ आयम दिन खोजीएको निर्देशक कार्कीले बताए ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.