Websoft University

आज मात्रै थप चार सय २१ जना नयाँ कोरोना सङ्क्रमित थपिए


काठमाण्डौ असार ७ गते । रातो तारा डट कम,नेपालमा आज थप चार सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा बताए अनुसार उनीहरु मध्ये तीन सय ५७ जना पुरुष र ६४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ नौ हजार २६ पुगेको छ । कोरोना सङ्क्रमण निको भएर डिस्चार्ज हुनेको सङ्ख्या एक हजार सात सय ७२ रहेको छ । उनीहरु मध्ये एक सय ९४ जना गत चौबिस घण्टामा डिस्चार्ज भएका हुन् । जम्मा डिस्चार्ज हुने मध्ये एक हजार ६ सय २३ जना पुरुष र एक सय ४९ जना महिला रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.