Websoft University

लागुऔषध सहित दुई भारतिय नागरिक पक्राउ


सुनसरी,असार-७ गते । रातो तारा डट कम,सुनसरीको कोशी गाउपालिका-७ हरिपुर स्थित भित्रीसड्क खण्डबाट दुई भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन ।  पक्राउ पर्नेमा भारत सुपौल ग्राम पंचायत-१ का २० बर्षीय लक्ष्मण कुमार पासवान र सोहि स्थानका १९ बर्षीय अर्जुन कुमार पासवान रहेका छन । 

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिई उनिहरुको शरिर खानतलासी गर्दा कालो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, भारतिय रुपैया १२५०, र भारतका विभिन्न बैंकका ATM कार्ड समेत फेला पारी बरामद गरिएको जिल्ला  प्रहरी कार्यालय सुनसरीले जनाएको छ । गत शुक्रबार दुबै जनालाई पक्राउ गरिएतापनी अनुसन्धान पश्चात आज सार्बजनिक गरिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.